४ भदौ,
सल्यान : सल्यानको त्रिवेणी गाउँपालिका ५ सिम्खस्थित सरस्वती माध्यामिक विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि ४ दिनका लागि बन्द गरिएको छ । सबै संक्रमणको जोखिम बढेपछि विद्यालय बन्द गरिएको हो ।

विद्यालयका एक शिक्षक, एक विद्यार्थीलाई कोरोना पोजेटिभ देखिएको र अन्य धेरै विद्यार्थी बिरामी भएका कारण थप समस्या उत्पन्न हुन नदिन र अप्रिय घटना घटनबाट बचाउन विद्यालय बन्द गरिएको प्रधानाध्यापक बलबहादुर कुँवरले बताए ।

प्रधानाध्यापक कुँवरका अनुसार, उनका अनुसार संक्रमित शिक्षक र विद्यार्थीलाई होम आइसोलेसनमा बस्न र अन्य बिरामीलाई पनि घरबाट बाहिर ननिस्कन सल्लाह दिइएर स्वास्थ्य र शिक्षाको सल्लाह लिई विद्यालय बन्द गरिएको जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय