२ भदौ,
दाङ : दाङमा एक पुरुषलाई प्रेम सम्बन्धको नाटक गरेर पैसा असुल्न खोज्ने ५ जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रोप्लाको परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीय दिलिपकुमार वली, दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरका ३२ वर्षीया पवित्रा डाँगी, सोही ठाउँकी ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया शर्मिला भन्ने प्रमिला नेपाली रहेका छन् ।

उनीहरुले घोराही उपमहानगरपालिका– १० नारायणपुरमा सुनचाँदी व्यवसाय गर्ने दिनेश घर्तीमगरलाई प्रेम सम्बन्धको नाटक गरी उनीसँग रकम असुल्न खोजेको प्रहरीको भनाइ छ । पक्राउ परेका मध्ये एक युवती प्रमिला लगाएत सबैको योजनाबद्ध पैसा असुल खोजेको खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार प्रमिलाले साउन २६ गते राति ११ बजे सुनचाँदी व्यवसायी घर्तीमगरलाई आफ्नो कोठामा बोलाएकी थिइन् । व्यवसायी घर्ती उनको कोठामा पुगेलगत्तै दिलिप, बिमला, शान्ता र पवित्रा पनि पुगेर उनलाई हातपात गर्नुका साथै बलात्कारको आरोपमा प्रहरीमा उजुरी दिने भन्दै धम्क्याएका थिए । त्यसपछि उनीहरुले पैसा दिए प्रहरी कहाँ कुरा नपुग्ने बताए । पक्राउ परेकाहरुमाथि अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय