२ भदौ,
दाङ : दाङको राप्ती नदी विद्यार्थी बोकेको डुंगा दुर्घटना भएको छ। डुंगा दुर्घटना हुँदा विद्यार्थीहरू घाइतेसमेत भएका छन् । ७ जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा क्षमताभन्दा बढी यात्रु सवार रहेकाले ओभरलोडले डुंगा पल्टिएको दाङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, लमही नगरपालिका–९ तरुलियाबाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका–७ मा रहेको मावि सिक्टामा अध्ययनरत कक्षा ६, ७ र ८ कक्षाका विद्यार्थीहरू सवार डुंगा दुर्घटनामा परेको हो । विद्यालय समयमा डुंगा पल्टिदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण उपचार भइरहेको छ।
उक्त राप्ति नदीमा विद्यालयका कक्षा ६ मा अध्ययनरत १३ वर्षीय मनिष विक, १२ वर्षीया रिमा राम्जाली, कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्दीप विकको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।