१ भदौ,
बाँके : बाँकेको नेपालगन्जस्थित आरम्भ पुनर्स्थापना सुधार केन्द्रमा रहेका एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ।

मृत्यु हुनेमा, बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ का ५२ वर्षीय रमेश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सुधार केन्द्रमा उनलाई असहज भएपछि अस्पताल पुर्‍याउँदै गर्दा बुधबार बिहान बाटोमै मृत्यु भएको हो ।

उनी एक हप्ताअघि मात्र उक्त सुधार केन्द्रमा आएका थिए । मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा लगिएको छ । अधिकारीको मृत्युका विषयमा आवश्यक थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय