
१ भदौ,
बाँके : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ७ स्थित आरति जंगलमा एक बालकको सव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, कोहलपुर वडा नम्बर १४ मा घर भएका अन्दाजी १५ वर्षीय बालकको सव फेला परेको हो।
मृतक बालकको कुटपिट बाट गम्भीर चोटपटक लागेर मारेको घाउहरु देखिएको प्रहरीको प्राम्भिक अनुसन्धानबाट खुल्न आएको छ। उक्त घटनाको अनुसन्धानकै क्रममा शंकास्पद एकजना व्यक्तिलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ।