३१ साउन,
एक समय अभिनयमा एकछत्र राज गरेका अभिनेता राजेश हमाल लामो समयदेखि फिल्म अभिनयमा बाहिरिरहेका छन् । केही अगाडि ‘सत्यम्’ बाट उनले कम ब्याक गर्ने चर्चा चलेको थियो । तर उक्त फिल्म निर्माण तयारीमै रोकियो ।

अहिले भने उनको कम ब्याक पक्कापक्की भएको छ । उनले ‘मायाको माया’ नामक फिल्मबाट अभिनयमा कम ब्याक गर्ने भएका छन्। फिल्मका लागि उनले केही साताको वर्कसप समेत गरिसकेका छन्।

हमाल अहिले श्रीमतीसहित दुबईमा छन् । एक सांगीतिक कार्यक्रमका लागि उनी त्यहाँ पुगेका हुन् । त्यसबाट फर्किएपछि फिल्म सुटिङका लागि उनले समय उपलब्ध गराउनेछन् ।

फिल्ममा हमालको अलवा अभिनेता अनुप बिक्रम शाही, आना शर्मा देखिने छिन् । हमालको अपोजिटमा को भन्ने अहिले सार्वजनिक गरिएको छैन । फिल्मबाट सर्वानी पाण्डेले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् भने भारतबाट तन्ह्भी आजमीको पनि अभिनय रहनेछ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय