३१ साउन,
सल्यान : सल्यानको दार्मा गापाउँलिका वडा न.१ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा ठेकेदारले बन्द गर्दा विद्यार्थीहरुको पठनपाठन ठप्प भएको छ। ठेकेदारको ताला बन्दिको कारण झन्डै ६ सय विद्यार्थीले पढाइ अवरुद्ध भएको छ ।

ठेकेदार पक्षका अनुसार, आफुले विद्यालयमा श्रम गरेको ज्याला नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेको जनाएका छन्। विद्यालय बन्द गर्दा पठनपाठनमा समस्या भएको भन्दै अभिभावकले आक्रोश व्यक्त समेत गरेका छन्। उनिहरुले विद्यार्थीकाे पठनपाठन अवरुद्ध हुँदा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको कुनै ध्यान नगएको भन्दै अभिभावकहरुले पनि प्रशासनलाई खबरदारी गर्नुपरेकाे बताउँछन्।

अभिभावकहरुले कतै हाम्रो सुन्दर भविष्य देखेका बालबालिकामाथि खेलावाड हुँदै छ कि ? भनेर अभिभावकहरु चिन्तित रहेको बताए । साथै उनलेे विद्यालयमा पढाइ भन्दा राजनीतिक स्वार्थ पुरा गर्ने थलो भएको भन्दै उनिहरुले आक्रोश व्यक्त गरे।

यता ठेकेदारले तालाबन्दी किन भयो ? के कारण भयो भन्ने हाम्रो जिज्ञासामा साेहि विद्यालयमा विद्यालयकाे पर्खाल निर्माणकाे असार मसान्तसम्म भुक्तानी हुनुपर्ने १० लाख रकम नपाएको गुनासो व्यक्त गर्दै, श्रम गरेका मजदुर र आफुहरुले लामो समयसम्म आफुहरुले काम गरेको पैसा नपाएकाेले आन्दोलन गर्नुपरेकाे बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय