
३१ साउन,
बाँके : बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा गर्भवती आमासहित जुम्ल्याहा शिशुको मृत्यु गएको छ। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुनको मृत्यु भएको हो ।
चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र जुम्ल्याहा शिशुको मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. बद्री चापागाईंले जानकारी दिएका छन्।



डा. बद्रीका अनुसार, महिलाको पेटमा शल्यक्रिया गरेर जुम्ल्याहा शिशु निकालेका थियौं। ‘केस सिरियस थियो । डाक्टरहरुबाट तीनै जनाको ज्यान जोगाउन हरसम्भव प्रयास गरेको देखिन्छ । लापरबाही पटक्कै भएको छैन, प्रयास गर्दा पनि ज्यान जोगाउन सकिएन । ‘उनले भने’
पिडित पक्षका आफन्तजन भने, अस्पतालको लापरबाहीले आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएको भन्दै अस्पताल विरुद्ध छानबिनको माग गरेका छन्।