३० साउन,
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा दुईपाङ्ग्रे सवारी साधन चलाउन रोक लगाइएको छ । आइतबार जंगली जनावरको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरावनीका दुई जनाको मृत्यु भएसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो ।

मृतकका आफन्तले सोमबार बिहान ११ बजेदेखि अवरुद्ध गरेको कोहलपुर–सुर्खेत (रत्नराजमार्ग) सडक झण्डै ६ घण्टापछि खुलेको छ । जसका कारण सुर्खेतदेखि कोहलपुरतर्फ जाने र कोहलपुरदेखि सुर्खेतका लागि छुटेका सवारी साधनहरु बबईमा थन्किएका थिए ।

स्थानीय र प्रशासनबीच सामान्य छलफलपछि राजमार्ग खोलिएको हो । राजमार्ग खोलिएसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । मंगलबार स्थानीय र बर्दिया राष्ट्रिय निकुञ्जको टोलीबीच वार्ता गर्नेगरी सडक खोलिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी गरिएको सूचना हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय