३० साउन,
कैलालीको गोदावरी नगरपालिकास्थित वडानम्बर ४ मा नेपालकै अग्लो आकर्षक हनुमानको मूर्ति रहेको छ। यो मूर्ति अत्तरियाबाट डडेलधुरा, बैतडी जाने राजमार्गको करिब ८ किमीको दूरीमा सडकको बायाँतर्फ रहेको छ।

५१ फिट अग्लो यो हनुमानको मूर्तिलाई नेपालको सबैभन्दा अग्लो हनुमानको मूर्ति मानिएको छ। यो मूर्तिको परिसरमा सुन्दर बगैंचाहरु पनि छन्। २०६८ सालमा पीठाधीश श्री १०८ सचिदानन्द पुरी योगी महाराजले यस मूर्तिको अनावरण गरेका थिए। गोदवारी क्षेत्र धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा परिचित छ। यहाँ विभिन्न प्राचीनलगायत अन्य मठ, मन्दिरहरु पनि रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय