२९ साउन,
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको चर्चा सुरु भएको छ। बाँकेमा प्रतिनिधीसभाका ३ र प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवाहरुको यतिबेला चर्चा हुन थालेको छ। सत्ता गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिष्पर्धा हुने अवस्थामा एउटै पार्टी भित्र पनि एक भन्दा बढि दाबेदारहरु देखिएका छन् ।

क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुर्य ढकाल, जिल्ला सचिबालय सदस्य र बाँके क्षत्र न. १ को संयोजक प्रभावशाली युवा नेता बलराम भट्टराई र पुर्व सांसद देवराज भार संघीय सांसदका दावेदार रहेका छन्।

त्यसैगरी प्रेम भुसाल, सोहनलाल यादव, तुलसीराम थारु लगायत प्रदेश सांसदको दावेदारको रुपमा देखिएका छन्, भने सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक सहित, कृष्ण केसी, नेपाली काँग्रेसका पोषण केसी, माधवराम खत्री र जिल्ला सभापति नारायणप्रसाद गौडेलको नाम चर्चामा रहेको छ । उनीहरु मध्येबाट प्रतिनिधीसभा र प्रदेशसभामा उम्मेदवार बनाइने नेताहरुको भनाई रहेको छ । प्रदेशमा नेता बलराम शर्मा, र फुलाराम थारुको चर्चा भएसंगै त्यसैगरी नेकपा एसबाट अशोक कोइरालाको पनि चर्चा रहेको छ ।

२०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट अथकले ३१ हजार १७३ मत प्राप्त गरि विजयी भएका थिए । काँग्रेसका खत्रीले २८ हजार २१७ र संघीय समाजवादी फोरमका लालवहादुर शाहले चार हजार ५८८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी प्रदेश क मा वाम गठबन्धनका तर्फबाट कृष्ण केसीले १३ हजार ४३६ मत प्राप्त गरी विजयी भएकि थिइन । काँग्रेसका शरदचन्द्र वर्माले १० हजार २४० र फोरमका कमसर खाँले चार हजार ५५३ मत प्राप्त गरेका थिए । यसैगरी प्रदेश ख मा वाम गठबन्धनका तर्फबाट एमालेका आरती पौडेलले १९ हजार ३८९ मत प्राप्त गरि विजयी भएकी थिइन । नेपाली काँग्रेसका गौडेलले १५ हजार २०५ मत प्राप्त गरेका थिए ।

सत्ता गठबन्धन भएमा गठबन्धनको तर्फबाट प्रचण्डका नजिकका पात्र अथक चुनाबमा होमिने देखिन्छन् । त्यसैगरि प्रतिपक्षमा नेकपा एमाले बाट सुर्य ढकाल, देबराज भार र बलराम भट्टराईको सम्भावना बराबर जस्तै देखिएको छ । अझ जनतामाझ परिचित ब्यक्तीको रुपममा बलराम भट्टराई र सुर्य ढकाल मध्य एक ले पाउने नेकपा एमाले पार्टी स्रोत बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय