
२९ साउन,
सुर्खेतको गुर्भाकोट नगरपालिकामा १२ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा आफ्नै बुबालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत बुधबार राती उक्त घटना घटेको र त्यसको ठिक २ दिनपछि शनिबार मात्रै घटना सार्वजनिक भएको थियो। बालिकालाई बलात्कार गरेको जानकारी आफन्तले दिएपछि प्रहरी चौकी मेहलकुनाबाट गएको प्रहरी टोलीले ती बाबुलाई नियन्त्रणमा लिइएको छ।



पक्राउ परेका बुबामाथि थप अनुसन्धान भईरहेको साथै पीडित बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण गरिएको छ । प्रहरीले बाबु छोरीको नाम सार्वजनिक गरेको छैन ।