२७ साउन,
बाँके : बाँकेको कोहलपुरबाट किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ घर भएका २३ वर्षीय प्रकाश रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार, प्रकाशलाई कोहलपुर नगरपालिका–११ दशविगाहास्थित इन्द्रेणी होटेल एण्ड लजमा लगेर १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। प्रकाश बैजनाथ गाउँपालिका–१ गाभरमा कुखुरा फर्मको व्यवसाय सञ्चालन गरिरहेका छन्। उनलाई बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका प्रकाश विरुद्ध घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय