२६ साउन,
कोभिड-१९ संक्रमणबाट आज बिहीबार ५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घन्टामा ४ हजार ५३४ जनामा गरिएको परीक्षणमा ८ सय १५ जनामा संक्रमण पुष्टि भएको छ। आज ४ सय ७६ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
हाल देशभर ५ हजार ८६९ जना सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौंमा २ हजार ९२२ जना, ललितपुरमा ८६८, जना र भक्तपुरमा ८९ जना रहेका छन्।
सक्रिय संक्रमित मध्ये १९२ जना संस्थागत आइसोलेशन र ५ हजार ६७७ जना होम आइसोलेशनमा रहेका छन। ६० जना संक्रमितको आइसियु र ८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।