२६ साउन,
दाङ : दाङको जनज्योती माध्यामिक विद्यालयका एक विद्यार्थी आफ्नै शिक्षकबाट निर्घात रुपमा कुटिएका छन् । राजपुर गाउँपालिका वडा नम्बर ३ देउखुरीस्थित खरदरिया निवासी १९ वर्षीय मन्साराम यादव उक्त विद्यालयका शिक्षकबाट कुटपिट गर्दा गम्भिर घाइते भएका हुन्।

घाइते भएका विद्यार्थी मन्साराम यादवसंग शिक्षक पाटेश्वर यावदकी १८ वर्षीय छोरी सुनिता यादवको प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि छोरीका बुवा शिक्षक पाटेश्वर यादवले योजनाबद्ध रुपमा निर्घात रुपमा कुटपिट गरि गम्भिर घाइते बनाएको इलाका प्रहरी कार्यालय गढवा दाङले जनाएको छ । प्रहरीका अनुसार यादवलाई चिर्पट, लात्ति र मुक्काले निर्घात कुटपिट गरी गम्भिर घाइते बनाइएको छ ।

गत साउन २० गते विद्यार्थी यादवलाई उनकी प्रेमीका सुनिता यादवले राती नाच हेर्न आउ भनिन् । नाच हेर्नकै लागि यादव खरदरीयाबाट साइकलमा बेला चोकमा आए । राती नाच हेर्न आउ है मन्साराम भनेर छोरी सुनिताको बुवा पाटेश्वर यादवले फोन गर्न लगाएका रहेछन् । यो योजना दुइतीन दिन अगाडि बनेको प्रहरीको अनुसन्धानमा पुष्टी भएको छ ।

नाच हेर्नकै लागि गएका विद्यार्थी मन्साराम यादवलाई शिक्षक पाटेश्वर यादवले आफ्नै छोरी सुनिता यादवको प्रयोग गरेका हुन्। छोरीको मोबाइलबाट छोरीलाई नै फोन गर्न लगाएर जसरी हुन्छ, नाच हेर्न आउ भनि मन्साराम यादवलाई बेला चोकमा बोलाइएको थियो। उक्त बेला चोकमा मन्साराम पुग्ने वित्तिकै उनि माथि आक्रमण सुरु भएको हो।

विद्यार्थी मन्सारा यादवसंगै पुगेका साथिहरु भागेर ज्यान बचाउन सफल भए तर, मन्सारामलाई भने बेला चोकबाट निर्घात रुपमा कुटपिट गर्दै स्थानीय धीरबहादुर यादवको घरमा लगेर टाउको, मुख, खुट्टा लगायत शरिरको कुनै भाग खाली नराखी बेहोस् हुनेगरी पुनः कुटपिट गरिएको प्रहरीले जनाएको छ।

मन्सारामलाई कुटपिट गरेको आरोपमा शिक्षक पाटेश्वर यादव र यादवका दाइ धीरबहादुर यादवलाई घटनाको दुइदिन पछि प्रहरीले पक्राउ गरेको हो । कुटपिटमा संलग्न ३ जना भने अझै फरार रहेको गढवा प्रहरीले जनाइएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

उक्त निर्घात रुपमा कुटपिट पछि घाइते भएका यावदलाई घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगंजको नर्सिड् होम वेस्टर्न अस्पतालमा ल्याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय