२३ साउन,
छ महिने नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन्। नाबालिकालाई खाल्डोमा फालेर मार्ने कार्यमा संलग्न स्याङ्जाको गल्याङ नगरपालिका–२ इलुङ्गा बस्ने २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमालगाउँ बस्ने २२ वर्षीय केदार कुमाल रहेका छन्। उनीहरु दुबैजनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
प्रहरीका अनुसार, रामपुर–१० का २२ वर्षीय कुमालसँग साउन १० गते रानाले घरमा कसैलाई नसोधी छ महिनाको छोरीसहित भागी विवाह गरेको निवेदन परिवारले प्रहरीमा दिएसँगै खोजी गर्ने क्रममा साउन २० गते शुक्रबार गल्याङ बजारबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ गरी अनुसन्धानका क्रममा रानाले छ महिनाको छोरीलाई १० गते राति १२ बजेको समयमा घरकै अस्थायी ट्वाइलेटको खाल्डोमा फालेको खुलेकाले खोजी गर्दा सडेगलेको अवस्थामा बच्चाको लास फेला परेको थियो।
प्रहरीले राना र कुमाल दुवैलाई नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरेको बताएको छ।