२१ साउन,
बाँके : नेविसंग कलेज अफ इन्जिनियरिङ्ग एंड म्यान्याजमेन्ट मूल एकाई कमिटि नेपालगंजद्वारा शनिवार एक विज्ञप्ति जारी गर्दै परीक्षा केन्द्राअध्यक्षको बर्खास्त माग गरिएको छ।

पोखरा विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन भइरहेका २०२१ स्पाईरिङ्ग सेमेस्टरका परीक्षाहरु नियमित रुपमा सञ्चालन भैईरहदा यसै सन्दर्भमा साउन २१ गते सञ्चालन हुनुपर्ने सातौँ सेमेस्टरको बिई सिभिल इन्जिनियरिङ्ग अन्तर्गतको डिजाईन अफ आरसिसि स्ट्रकचरस् (Design of RCC Structures) विषयको परीक्षा नेपालगंजमा रहेको अलपाईन म्यान्याजमेन्ट कलेज (Alpine Management College) मा परिक्षा सेन्टर रहेको थियो। उक्त परीक्षा सेन्टरमा केन्द्राअध्यक्षको अत्याधिक लापर्बाहीका कारण साउन २० गते नै सञ्चालन गरेको हुनाले परीक्षा केन्द्राअध्यक्षलाई तत्काल बर्खास्तको माग गर्दै शनिवार विज्ञप्ति निकालेको नेविसंग कलेज अफ इन्जिनियरिङ्ग एंड म्यान्याजमेन्ट मूल एकाई कमिटिका वरिष्ठ उपसभापति देवेन्द्र पौडेलले जानकारी दिएका छन्।

वरिष्ठ उपसभापति पौडेलका अनुसार, यहि साउन २१ परीक्षा दिन जाँदा विद्यार्थीहरुलाई गैर जिम्मेवारी पूर्ण तरिकाबाट फिर्ता पठाइएको बताए। पौडेल भनछन् “यस घटनाबाट नेबि संगद्वारा सम्पूर्ण विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भइरहेको भन्दै विद्यार्थीको जिवनमाथि खेलवाड गर्ने अधिकार कसैलाई पनि छुट नभएकाले उक्त विषयको सम्पूर्ण परीक्षा केन्द्रमा पुःन गराउनुका साथै यस्तो गैर जिम्मेवारी पूर्ण तरिकाले लापर्बाही गर्ने परीक्षा केन्द्राअध्यक्षलाई तुरुन्त बर्खास्तको माग गरिएको बताए।”

नेविसंग कलेज अफ इन्जिनियरिङ्ग एंड म्यान्याजमेन्ट मूल एकाई कमिटिद्वारा उक्त परीक्षा केन्द्र खारेजको माग गर्दै पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबाट सुनुवाइ नभएको खण्डमा विद्यार्थीको हकितका लागि जस्तो सुकै आन्दोलनको लागि तयार रहेको भन्दै जानकारी सहित चेतावनी समेत दीइएको वरिष्ठ उपसभापति पौडेलले बागेश्वोरी खबर मिडियालाई जानकारी दिएका छन्।

विज्ञप्ती सहित हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय