२१ साउन,
बाँके : बाँकेको नेपालगन्जमा शाखा रहेको आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले ५औं वार्षिकोत्सबको अवसर पारेर नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

देशमा बढिरहेको भाइरल ज्वरो, डेंगू लगायत रोगका विरामीलाई चाहिने रगत अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको आईएमई लाईफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सि म्यानेजर देवेन्द्र पौडेलले बताएका छन्।

म्यानेजर पौडेलका अनुसार, नेपाल रेडक्रस सोसाइटी नेपालगन्जको सहजीकरणमा गरिएको कार्यक्रममा ६४ जनाले रक्तदान गरेको बताए। उक्त कार्यक्रममा आईएमई लाईफ इन्स्योरेन्स कम्पनीका कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशका प्रमुख प्रेम तिमिल्सिना, नेपालगन्ज ब्रान्चका म्यानेजर अमित के.सि, कोहलपुर शाखा प्रमुख युवराज देवकोटा, बि.एस.ए सन्देश कंडेल, नेपालगन्ज शाखा प्रमुख बिनिता थापा, खजुरा, राप्तिसोनारी शाखा प्रमुख सिनियर एजेन्सी म्यानेजर लक्ष्मि देवकोटा, नबिन तिमिल्सिना लगायत अन्य शेर सदस्यहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय