२० साउन,
सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मुत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१० घर भएकी ४३ वर्षीया बालकुमारी नेपाली रहेकी छन् ।

रत्न राजमार्ग अन्तर्गत बुदबुदीचौक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भएकी थिइन्। उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार, मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

सिसिटिभी फुटेजमा कैद भएको भिडियो हेर्न तल दिएको लिंक खोलेर हेर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

https://fb.watch/eIVzF2wxw0/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय