१९ साउन,
बाँके : कोहलपुर नगरपालिका भित्रका केहि सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढ्न थालेपछि विद्यार्थीहरुलाई विद्यालयमा उपस्थित हुन कठिन भएको छ।

मौसममा कहिले अत्याधिक गर्मी र कहिले वर्षा भएर मौसम परिवर्तन हुँदै आएको कारण बाँके जिल्लामा ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीहरू बढेका हुन्।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ स्थित चप्परगौढीमा रहेको श्री ज्ञान ज्योति माध्यमिक विद्यालय र वडा नम्बर ११ कोहलपुरस्थित टाउनप्लानिङ्गमा रहेको “सार्वजनिक शैक्षिक गुठी” कोहलपुर माध्यमिक विद्यालय लगाएत अन्य केहि विद्यालयहरुमा भाइरल ज्वरो तीव्र गतिको रुपमा बढिरहेको कारण विद्यार्थीहरुलाई विद्यालयमा उपस्थित हुन गाह्रो भईरहेको कोहलपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक खोमराज रमालिले जानकारी दिएका छन्।

प्रधानाध्यापक रमाली भनछन्, “यहि साउन १२ गतेदेखि प्रथम त्रैमासिक परिक्षा चलिरहेको छ, तर यो भाइरल ज्वरोको संक्रमणका कारण धेरै विद्यार्थीहरु परिक्षामा उपस्थित हुन नसकेको बताए।”

उनका अनुसार, विद्यालयमा भाइरल ज्वरो संक्रमण अत्याधिक बढ्न थालेपछी बिरामी भएका विद्यार्थीहरुलाई घरमै बसेर औषधि गर्न अभिभावकलाई आग्र गरेको बताएका छन्।

त्यसैगरी भाइरल ज्वरो संक्रमण तीव्र रुपमा बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका सबै विद्यालय ७ दिनका लागि बन्द गरिएको छ। बुधबार राप्ती गाउँपालिकाको बैठकले पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै साउन १८ गते देखि साउन २४ गते सम्म ७ दिनका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन्। उनका अनुसार, हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी सबै विद्यालयहरु बन्द गरिएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय