१७ साउन,
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यालय तोडफोड गर्नेलाई ढुंगा फुटाउन आउन आग्रह गरेका छन्।

धरानको बराह सहकारी संस्थाका पीडितले आइतबार धरान उपमहानगरपालिकाको कार्यालय तोडफोड गरेका थिए। सहकारी संस्थाका संचालकको सम्पत्ति रोक्का गर्न माग गर्दै उपमहानगरको कार्यालयमा पुगेका पीडितहरुले मेयर साम्पाङले नराम्रो वचन प्रयोग गरेको भन्दै तोडफोडमा उत्रिएका थिए।

मेयर साम्पाङ भने आफू सदैव पीडितका पक्षमा रहेको बताउँदै आएका छन्।

उनले यहि प्रसङ्गलाई लक्षित गर्दै विकास प्रेमी बन्न, विनाश प्रेमी नबन्न सुझाव दिएका छन्। ‘मेरो अफिसको सिसा होइन‚ ढुंगा फुटाउन आउनु है बगरमा!’ उनले फेसबुकमा लेखेका छन्‚ ‘विकास प्रेमी बनौँ, विनाश प्रेमी होइन।’

धरानका नागरिकलाई पानी खुवाउने प्रयासमा अहोरात्र खटिएका मेयर साम्पाङ आफैं लगातार श्रम गरिरहेका भेटिन्छन्। उनको आग्रहमा धराने नागरिक दिनहुँ श्रमदान पनि गरिरहेका छन् । थाहाखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय