१६ साउन,
धितोपत्र बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । यसका आधारमा अबको दुई महिनाभित्रै दुई दर्जनभन्दा बढी कम्पनीको आईपीओ बजारमा आउने जानकारहरू बताउँछन् । आइतबारसम्म धितोपत्र बोर्डमा आवेदन दिएका विभिन्न क्षेत्रका ३० कम्पनीले ६ अर्ब ६४ करोड ६५ लाख ५१ हजार ४ सय रुपैयाँ बराबरको (६ करोड ४३ लाख ७८ हजार ६ सय ५४ कित्ता) आईपीओ निष्कासन गर्न लागेका हुन् ।

सेयर निष्कासनका लागि आवेदन दिएका ३० कम्पनीमध्ये १६ वटा जलविद्युत् क्षेत्रका (कम्पनी) छन् । बिमा र होटल एन्ड टुरिजम्सका २/२, लघुवित्त, अन्य र उत्पादन तथा प्रशोधन क्षेत्रका ३/३ र एउटा इन्भेस्टमेन्ट कम्पनी छ ।

आउदै गरेका ३० कम्पनीको आईपीओ सुचिसहित हेर्नुहोस्

तस्विर, समाचार कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय