१६ साउन,
सल्यान : सल्यानको कुमाख गाँउपालिका ५ मा जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन् । बिरामी हुनेमा, माझखर्कमा बस्ने मन बहादुर रोकाको परिवार रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार मनबहादुरकी श्रीमती केउली रोका, आमा देबी रोका र बुवा गोपी रोका बिरामी भएका हुन् । उनीहरुले घर नजिकै जंगलबाट ल्याएको च्याउ खाएर बिरामी परेका हुन्। बिरामी परेका तिनै जनालाई जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ भने, मनबहादुरकी श्रीमती केउली रोकाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय