८ साउन,
पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। बागलुङको बुर्तिबाङदेखि बुटवलका लागि छुटेको लु १ ज ५९५२ नम्बरको बस आइतबार साँझ पाल्लाको रिब्दिकोट गाउँपालिका वडा नम्बर २ लघुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरीका अनुसार, बस सडकदेखि करिव ३०० मिटर तल खसेको छ। ६ जनाको घटनास्थलमै मृत्यु भएको र १७ जनालाई उद्धार गरी पाल्पा पठाएको छ र मृत्यु हुनेमा ३ महिला ३ पुरुष रहेका छन्। उनीहरूको सनाखत भने हुन सकेको छैन।

बस चालकको खुट्टा समेत भाँचिएको छ भने घाइते १७ जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय