३ साउन,
मौसमविज्ञहरूले केही दिनयता मनसुन निष्क्रिय भएको अवस्थामा देशभर गर्मी बढेको बताएका छन्। मनसुन न्यूनचापीय रेखा १/२ दिनभित्रमै माथि आउने र वर्षा हुन शुरु हुनासाथ गर्मी हटेर जाने जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविज्ञ विभूती पोखरेलले बताएकी छन्।

उनका अनुसार, देशको विभिन्न भागमा तापक्रम बढेर अत्यधिक गर्मी हुनु स्वाभाविक रहेको बताइन्। ‘वर्षा हुने बित्तिकै शीतल हुने, पानी नपर्ने लामै जस्तो भएको भएर पनि गर्मी बढ्यो। १/२ दिनमै मनसुन ट्रफमाथि सिफ्ट हुँदै जाँदा हाम्रोतिर मनसुन ट्रफ आउँछ। मनसुन न्यूनचापीय रेखा माथि आउने बित्तिकै हाम्रोमा पनि वर्षा हुन्छ।’ “उनले भनिन्”

मौसमविज्ञ पोखरेलले प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताइन्। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको उनले जानकारी दिइन्।

उनका अनुसार, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र सँगसँगै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सरदरभन्दा कम नै वर्षा देखिएको छ। अहिलेसम्मको स्थितिमा।’ “उनले भनिन्”

उनले मनसुनको समयमा बाढी, पहिरोका कारण धनजनको क्षति हुनसक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले दिने गरेको सूचनाहरूमा ध्यान दिन आग्रह गरिन्। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय