३१ असार,
बाँके : ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले आफूबाट गल्ती भएको भन्दै दुव्र्यवहारमा परेका पत्रकारसँग क्षमा याचना गरेका छन् । प्रमुख मल्लले सडक अवरुद्धको भिडियो खिचेको भन्दै संचारकर्मी विजय परियारमाथि आक्रमण गरेका थिए। उनले चौतर्फि आलोचना बढ्दै गएपछि गल्ति स्विकादै दुव्र्यवहारमा परेका पत्रकारसँग क्षमा याचना गरेका हुन्।
कोहलपुरमा बुधवार साँझ भएको सडक दुर्घटनामा ज्यान गुमाएका मोटरसाइकल चालकका आफन्त तथा स्थानीयहरूले गरेको विरोध प्रदर्शनका क्रममा पत्रकार परियारले समाचार संकलन गर्दै गर्दा कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ऐन बहादुर मल्लले धरपकड गर्दै सञ्चार उपकरण मोवाइल सहित पत्रकार परियारलाई नियन्त्रणमा लिएका थिए।
उक्त घटनालाई लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको भौतिक र व्यवसायिक सुरक्षामा ठाडो हस्तक्षेप भएको ठहर गर्दै कोहलपुरका पत्रकार सञ्चारकर्मीहरुले विहिवार कोहलपुर क्षेत्रमा क्रियाशील पत्रकार/सञ्चारकर्मीहरुले संयुक्त बिज्ञप्ति जारी गर्दै प्रमुख मल्लको आम संचारप्रतिको धारणा सकारामत्मक नदेखिएको भन्दै शुक्रवार नेपाल पत्रकार महासंघ बाँके शाखाको समन्वयमा प्रमुख मल्लले पीडित पत्रकार परियाससँग घटनामा आफ्नो कमजोरी भएको स्विकार्दै आगामी दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको भौतिक र व्यवसायिक सुरक्षामा संवेदनशील बन्ने प्रतिबद्वता समेत व्यक्त गरेका छन् ।