२६ असार,

बाँके : बाँकेको नेपालगञ्जस्थित बिपीचोकमा रहेको इदगाहमा भेला भएर इस्लाम धर्मावलम्बीहरूले आज ‘बकर इद’ धुमधामका साथ मनाइरहेका छन् । उनीहरुले विशेष नमाज पढ्दै शुभकामना आदान–प्रदान दिएका छन्।

इद उल फितर अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने प्रचलन रहेको छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानको पर्वका रुपमा लिइने ‘बकर इद’ मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।

इस्लाम धर्मावलम्बीहरूले नमाज पढिसकेपछि घर–घरमा गई बलि दिने र एकआपसमा शुभकामना आदान–प्रदान गर्नुका साथै आफ्ना आफन्तजनसँग बसेर मीठो खानेकुरा खाने प्रचलन रहेको समाजसेवी निजामुद्दिन सिद्दीकीले जानकारी दिए ।

उनले नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडामा रहेका इदगाहमा आ–आफ्नो ढङ्गले नमाज पढ्ने गरेको उल्लेख गरे । उपमहानगरका जयसपुर, परस्पुरलगायतका ठाउँमा इदगाह रहेको छ । नेपालगञ्जलाई ‘धार्मिक सद्भाव’को सहर मानिन्छ। “उनले भने”

इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बलि दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरिब र दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधानमा रहेको समाजसेवी निजामुद्दिन सिद्दीकीले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय