
२१ असार,
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।
कम्पनीले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन गर्नेछ। कम्पनीले स्थानियलाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता सेयर पनि थप गरेर आइपीओ जारी गर्न लागेको हो।



यो मध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा साउन १ गतेसम्म आवेदन दिन सकिनेछ।
सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्।