
२० असार,
सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीको डाँडा स्याउ पाकेर रङ्गियो छ। जयतपानीको डाँडामा लगाइएका स्याउका रुखमा हाँगै भाँचिनेगरी लटरम्म स्याउ फलेका छन्। स्याउ पाकेपछि रुख नै राताम्मे देखिएका छन्।

स्याउ पाकेसँगै बारीबाटै स्याउ किन्नेको भीड लाग्न थालेको छ। दैनिक एक सय देखि दुई सय जनासम्म स्याउ बगैँचामा घुम्न आउने गरेको स्थानीय बासिन्दा शिशिर थापाले बताए। उनले भने, ‘नयाँ जातको स्याउ भएकाले हेर्न पनि आउँछन् स्वाद लिन पनि आउँछन्।’



थापाका अनुसार, स्याउको बगैँचा हेर्न स्थानीय बजार, खलंगा, श्रीनगर, बाबियाचौर, सल्लीबजार लगाएत अन्य ठाउँहरुबाट आउने गरेको उनकाे भनाई छ। स्याउको बगैँचा हेर्न आएका मानिसहरुले बोटबाटै किनेर लिईरहेको उनले बताएका छन्।