१८ असार,
धनगढी : धनगढी उप-महानगरपालीका वडा नम्बर ४ का वडाध्यक्ष राज बहादुर ऐरले आफै होमपाईप भित्र पसेर फोहोर बस्तु हटाएका छन्। लगातार परेको वर्षाले विभिन्न फोहोर वस्तुहरु अड्किएर पानी जाम हुन थालेपछि सो बस्तु हटाउन निकै जोखीमका साथ् होमपाईप भित्र पसेर सरसफाई गरेका हुन् ।

बर्षौ देखी डुवानको समस्या समाधान नहुँदा जनप्रतिनिधी आफै जोखीममा खटीन पुगेका छन् । वडाध्यक्ष ऐरका अनुसार, राजपुर देखि मोहना सम्म मास्टर पल्लान बनाएर संघिय सरकारवाट ठुलो योजनाको नाला निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

वडाध्यक्ष ऐरले धनगढी उपमहानगरपालिको उपमेयर कन्दकला कुमारी राना र प्रविधिक टिम लगाएतको टोलिलाई वडा नं ३ को ढुवान क्षेत्र, नेतुवा ताल लगाएतको क्षेत्रहरुको निरिक्षण गराएका छन् ।

भिडियो हेर्नको लागी तल दिएको लिंक खोलेर हेर्नुहोस्

https://fb.watch/d-ZaU-nqPW/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय