१३ असार,
लोकगायिका दिलमाया विश्वकर्माको ह’त्या भएको पुष्टी जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनको ह’त्या श्रीमानको रुपमा सँगै बस्ने गरेका सिन्धुपाल्चोकका ३८ वर्षीय खिलबहादुर श्रेष्ठले गरेका हुन्। उनले राति करिव २ बजेको समयमा मृतकको कोठामा गई बिहान ४ बजे ह’त्या गरी भागेको प्रहरीमा बयान दिएका छन्।

प्रहरीका अनुसार महाराजगञ्जस्थित कतारभिष सेन्टर नजिक सडक किनारमा पोको पारी फालेको अवस्थामा मृतककाे सलसमेत फेला पारी बरामद गरिएकाे जनाएको छ।

दिलमाया विश्वकर्माको ह’त्या गर्ने श्रेष्ठलाई काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटारबाट प्रहरीले दिउँसो करिब २ बजेको समयमा नियन्त्रणमा लिइएको हो।

दिलमायाका बुबाले ह’त्यारा श्रेष्ठ माथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१२ को ज्यान सम्बन्धी कसूरमा किटानी जाहेरी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय