११ असार,
बाँके : भारतको लखनउबाट मानव बेचबिखन तथा ओसारपसार विरुद्ध कार्यरत संस्था शान्ति पुनर्स्थापना गृह नेपालगन्ज शाखाले एक बालिकाको उद्धार गरी नेपाल ल्याएको छ। छिमेकी देश भारतमा काम गरी राम्रो आर्थिक आम्दानी गर्न सकिन्छ, जागिर लगाईदिन्छु भनेर विभिन्न प्रलोभनमा पारी उनको साथीलेनै फसाएको गृहका संयोजक निर्मल सुवेदीले जानकारी दिएका छन्।
संयोजक सुवेदीका अनुसार, बालिकालाई जमुनाहा नाकाबाट रुपौडिया कटाएर (परिचय नखुलाएको) अपरिचित २८ बर्षिया महिला जाजरकोट घर भई हाल भारतको गाजियाबादमा भारतिय पुरुषसँग विवाह गरि भारतमा बस्ने महिलासँग उनको भेट गराईएको थियो “उनले भने” बालिकालाई साथीले बुधबार साँझ रुपैडियाबाट रात्रिकालिन गाडि चढाई उक्त महिलासँग भारतको दिल्ली जाने बस मार्फत पठाईएको अनुसान्धानमा खुलेको सुबेदीले जानकारी दिएका छन्।
पिडित बालिकालाई सोधपुछ गर्ने क्रममा बाटोमा जादै गर्दा आफु असुरक्षित रहेको महशुस भएपछी बालिकाले गाडिमा रहेका यात्रुलाई सहयोग मागेर उक्त यात्रुले ईलाका प्रहरी कार्यालय जमुनाहालाई र मानव बेचबिखन तथा ओसारपसारमा सूचना दिएका थिए। सुचनाको आधारमा नेपाल प्रहरीको सहकार्यमा भारतको लखनउ स्थित मानकनगर पुलिस थानाको सहायतामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध कार्यरत संस्था शान्ति पुनर्स्थापना गृह नेपालगन्ज शाखाको टिम क्षेत्रिय संयोजक भुमिराज भट्टराई, जिल्ला संयोजक निर्मल सुवेदी, परामर्शदाता गिता थारु र प्रहरी जवान अर्जुन थारु सहितको समूह लखनउ गएर उक्त पिडित बालिकालाई उद्धार गरी उनलाई लैजाने महिला दुबैजनालाई नेपाल ल्याईएको गृहका संयोजक निर्मल सुवेदीले बताए। उद्धार गरिएको बालिकाको परिचय भने खुलाएको छैन।
उक्त महिलालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ भने पिडित बालिकालाई परिवारको जिम्मा लगाएको छ।