११ असार,
बालयौन दुराचार आरोपमा कास्कीका एक विद्यालयका सञ्चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा, माछापुच्छ्रे गाउँपालिका–४ मा रहेको ज्योति इंग्लिस बोर्डिङ स्कुलका सञ्चालक ४८ वर्षीय रामचन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालयले कास्कीले जनाएको छ।

प्रहरीका अनुसार विद्यालय सञ्चालक शाहीले विद्यार्थीलाई यौन दुराचार गरेको भनी किटानी जाहेरी परेपछि शुक्रवार नियन्त्रणमा लिएको बताए। पक्राउ परेका शाहीविरुद्ध अप्राकृतिक मैथुन तथा बालबालिकासम्बन्धी कसुरको अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएर अनुसन्धान गरिरहेको बताएका छन्। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय