१० असार,
नेपाल प्रहरीमा रिक्त प्रहरी नायब महानिरीक्षक (डीआइजी) मा १७ एसएसपी बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालय अन्तर्गत बढुवा सिफारिस समितिले बुधबार राति १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

हालका आईजीपी धिरजप्रताप सिंहले २०७९ चैतमा अवकाश पाएपछि अहिले बढुवामा परेकै ब्याचबाट एआईजी बन्ने प्रहरी अधिकारी आईजीपी बन्ने छन् ।

त्यसैगरी नेपाल प्रहरीमा एकैपटक चार महिला एसएसपी पनि डीआईजी बढुवामा सिफारिस भएका छन् । प्रहरीमा यसअघि एकैपटक दुईजना महिला अधिकृत डीआईजी बनेका थिए ।

गृह मन्त्रालयले गरेको बढुवा सिफारिसअनुसार २०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना चारैजना एकैपटक डीआईजी बढुवा सिफारिसमा परेका हुन् ।

यसअघि, पार्वती थापा र विमला थापा एकसाथ डीआईजी भएका थिए । हालका आईजीपी सिंहपछि आईजीपी बन्ने दौडमा उनीहरू चारै जनालाईसमेत अवसर प्राप्त गर्ने बाटो खुलेको छ । यो खबर आजको राजधानी दैनिकमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय