९ असार,

बर्दिया : बर्दियामा १० वर्षअघि अदालतले सजाय तोकेका दुईजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बर्दिया ठाकुरबाबा नगरपालिका-५ का ओमप्रकाश थारू र सोही नगरपालिका-१ का चक्रबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रहरीका अनुसार, थारूलाई भ्रष्टाचार अनियमित काठ कटान मुद्दामा २०७० साल असार ३ गते विशेष अदालत काठमाडौंले एक महिना कैद सजाय सुनाएको थियो। त्यसैगरी विकलाई सवारी ज्यान मुद्दामा जिल्ला अदालतले २०६९ असार ९ गते १८ दिन कैद र २ हजार रुपैयाँ जरिबाना गरेको थियो।

केहि समयदेखि फरार रहेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरी जिल्ला अदालत बर्दियामा बुझाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय