८ असार,
बागलुङ : बागलुङको ताराखोला–५ माटेबिसौनाका विषालु च्याउ खाँदा एकै घरका चार जना बिरामी परेका छन्।
विषालु च्याउ खाँदा मनकुमारी घर्ती, गमबहादुर घर्ती, दमबहादुर घर्ती बिरामी भएका हुन्। यसैगरी उनीहरूको घरमा पाहुना लाग्न आएका म्याग्दी रुम घर भएका रविन रोका पनि बिरामी भएका छन्।
घाइतेहरूको उपचार गलकोट स्थित इमरजेन्सी पोलिकिल्निक हटियामा भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।