७ असार,
पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आफ्नो पार्टीले कहिल्यै कसैसँग चन्दा नलिने घोषणा गरेका छन् । मंगलबार राष्ट्रियसभा गृहमा नयाँ पार्टी घोषणा गर्दै यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘चन्दाको गन्धा धन्धा हाम्रो पार्टीले कहिल्यै गर्दैन,’ लामिछानेले भनेका छन् । उनले मंगलबार पार्टी घोषणा सभाको क्रममा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

रवि लामिछानेको पार्टी घोषणा कार्यक्रमको विवरण:
पार्टी नाम: राष्ट्रिय स्वतन्त्र पार्टी
चुनाव चिन्ह: घण्टी 🔔
यस्ता छन् सात व्यवस्थाः
१. प्राइमेरी निर्वाचन हुने
२. युवालाई ५० प्रतिशत एकको व्यवस्था
३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
४. राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
५. डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने 
६. परिवारवादलाई पूर्ण रूपमा निषेध
७. भ्रातृसंगठन र कार्यकर्तारहित​

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय