
६ असार,
गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसी थोकस्थित पञ्चायन माध्यमिक विद्यालयका शिक्षक खिमहाहदुर महतलाई विद्यालय समयमा प्रहरी बोलाएर मापसे जाँच गरिएको छ। उनले विद्यालयका शिक्षकहरू सँग हो–हल्ला गरेपछि प्रहरी चौकीका प्रहरीहरू बोलाएर मापसे जाँच गराइएको विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र पन्थीले जनाएका छन्।
विद्यालय आउन साथ् शिक्षकहरू सँग हो–हल्ला गर्दै झगडा गर्न थाले पछि मदिरा सेवनको शङ्का लागेर प्रहरीको शब्दमा मापसे चेक गर्न पठाइएको हो।



प्रहरीका अनुसार शिक्षकको रिपोर्टमा मापसे देखिएको छ । विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र पन्थी मापसेको रिपोर्ट आफूलाई प्राप्त नभएको बताएका छन् । थप अनुसन्धान भईरहेको उनले बताए।