४ असार,

दाङ : दाङको घोराही उपमहानगरपालिका–११, नयाँबस्तीमा रहेको बालकल्यण आधारभूत विद्यालय यतिबेला विद्यार्थी अभावमा संकटमा परेको छ । विद्यालयमा निःशुल्क शिक्षा र दिवा खाजा वितरण गर्दा पनि विद्यार्थी भर्ना नभएको विद्यालयका प्रधानाध्यापक टेकबहादुर डाँगीले बताएका छन्।

प्रधानाध्यापक डाँगीका अनुसार सुकुम्वासी वस्तीको बीचमा रहेको विद्यालयमा भर्ना भएका कयौं विद्यार्थी आफ्नो परिवारको गुजाराका लागि श्रम गर्न बाध्य छन् । स्थानीय खुमलाल गन्धर्वले गरिबीको चपेटामा परेका कारण विद्यालय जाने उमेरका कयौं बालबालिका श्रममा जोतिनु परेको बताए ।

आवश्यक पूर्वाधार सहित शिक्षक शिक्षिकाको समेत बन्दोबस्त हुँदा पनि विद्यार्थी अभावका कारण विद्यालयको अवस्था खस्किँदै गइरहेको डाँगी बताउँछन् ।

उक्त विद्यालयमा अहिले करिव ४० जना विद्यार्थी भर्ना भएको उनले जानकारी दिए । तीमध्ये आधाजसोमात्रै नियमित विद्यालयमा उपस्थित भईरहेको उनले बताएका छन्। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय