
३१ जेठ,
बाँके : बाँकेको कोहलपुर नगरपालिकाले असार ३ गतेसम्मका लागि विद्यालयमा बिदा थप गरेको छ । गर्मी बढेसँगै विद्यालयमै विद्यार्थी गर्मीका कारण बेहोस हुने, बिरामी पर्ने र कक्षा कोठामा बस्न निकै अप्ठेरो हुने भएकाले पुन: गर्मि बिदा थप गरिएको हो।
नगरपालिकाका अनुसार यसअघि अत्यधिक गर्मी बढेसँगै जेठ २७ देखि ३१ गतेसम्म विद्यालयमा बिदा दिइएको थियो । गर्मी झनै बढ्न थालेपछि लामो बिदाबाट मिलान गर्ने गरी बिदाको अवधि थप गरिएको छ।



हेर्नुहोस् सूचनासहित
