३१ जेठ,
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले असार ३ गतेसम्मका लागि विद्यालयमा बिदा थप गरेको छ । गर्मी बढेसँगै विद्यालयमै विद्यार्थी गर्मीका कारण बेहोस हुने, बिरामी पर्ने र कक्षा कोठामा बस्न निकै अप्ठेरो हुन थालेपछि दिइएको बिदा अवधि समाप्त हुनै लाग्दा स्थानीय तहले बिदा लम्ब्याउन थालेका हुन् ।

नगरपालिकाका शाखा अधिकृत हरिदत्त जोशीका अनुसार यसअघि अत्यधिक गर्मी बढेसँगै जेठ २४ देखि २७ गतेसम्म विद्यालयमा बिदा दिइएको थियो । गर्मी झनै बढ्न थालेपछि लामो बिदाबाट मिलान गर्ने गरी बिदाको अवधि थप गरिएको उनले बताए ।

त्यसैगरी गर्मी बढेकै कारण शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, बेलौरी, दोधारा चाँदनी नगरपालिकासँगै बेलडाँडी र लालझाडी गाउँपालिकाले समेत सामुदायिक विद्यालयमा बिदा दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय