२३ जेठ,
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले अत्याधिक गर्मी बढेपछि सामुदायिक र संस्थागत विद्यालयसहितको सहमतिमा मंगलबारदेखि शुक्रबारसम्म चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।
गर्मीका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राखी विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्टले बताए ।