२३ जेठ,
मुगु : मुगुको कार्मारोङ्ग गाउँपालिका– २ स्थित जनजागृति प्राथमिक विद्यालयमा एक शिक्षकले अध्यापन गराउंदै आएका छन्। कक्षा ५ सम्म पढाई हुने यस विद्यालयमा दुई जना शिक्षकको दरबन्दी रहेको छ, तर उक्त विद्यालयमा भने एक जना शिक्षकले मात्रै अध्यापन गराइरहँदा विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

२०२८ सालमा स्थापना भएको विद्यालय पछिल्लो समय सो विद्यालयमा दुई जना शिक्षकको दरबन्दी भए पनि हाल एक जना शिक्षकले मात्र अध्ययन अध्यापन गराइरहेका छन् ।

विद्यालयमा भएका शिक्षक पनि विद्यालयमा नबस्दा यस विद्यालयमा अध्ययनरत रहेका २७ जना विद्यार्थीहरूको भविष्य अन्योलमा परेको हो । विद्यालयमा नियमित शिक्षकहरू उपस्थिती नहुँदा लाखौँ मूल्यका सात कोठे भवन निमार्ण प्रयोगविहीन भएका छन् ।

यसरी विद्यार्थीहरूको भविष्य अन्योलमा हुदा अब आउँदा दिनहरूमा मुगु गाउँमा रहेको विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुका लागि भविष्य सुधारको लागि केही नयाँ स्वरुपले जनप्रतिनिधिहरूसँग सहकार्य गरेर जाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र रावलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय