२२ जेठ,
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीमा नेपाल विद्यार्थी संघले गत वैशाख १९ गते विभिन्न माग राख्दै गरेको तालाबन्दी भएको महिना दिन पुगिसक्दा पनि अझैसम्म खुल्न सकेको छैन ।
तालाबन्दी गरिएको कार्यालयको मुल ढोकामा टाँसिएको माग पत्रमा ३ महिनाभित्र दीक्षान्त समारोह गर्नुपर्ने, विश्वविद्यालयको कार्यकारी परिषद र पदाधिकारीमा लोकतान्त्रिक समूहको उपस्थिति हुनुपर्ने, सेवा आयोगको पुनर्गठन तथा कर्मचारी छानबिन गर्नुपर्ने, दरबारमार्ग अवस्थित छात्रावासको सटर भाडाबाट प्राप्त आम्दानीको ३० प्रतिशत रकम छात्रावास विकास लागि खर्च गर्नुपर्ने उल्लेख गरिएको छ।
पुरा जानकारीको लागि यो माग पत्र हेर्नुहोस्