१७ जेठ,
नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दासमेत कर्णाली प्रदेशका सामुदायिक विद्यालयहरुमा विद्यार्थीले अझै पुस्तक पाएका छैनन् । जनक शिक्षा सामग्री केन्द्र, स्थानीय तह र विद्यालयहरूबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित बनेको हो ।
कर्णालीका मुगुबाहेक सबै जिल्लामा पाठ्यपुस्तक ढुवानी प्रक्रिया सुरु भइसकेको छ । पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले मुगुका चारवटै स्थानीय तहका लागि रु २४ लाखका पुस्तक तयारी अवस्थामा राखिएको छ । तर खरिद प्रक्रियामा मुगुका सबै स्थानीय तह र विद्यालयहरूले कुनै चासो दिएका छैनन् ।
जनक शिक्षाका अनुसार डोल्पा, सल्यान, रुकुम पश्चिम, हुम्ला, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र जाजरकोट लगाएत आदि दर्जन भन्दा बढी पुस्तक ढुवानी भईसकेको र बाँकी किताब छपाइकै क्रममा रहेको प्रादेशिक कार्यालयले जनाएको छ । रासस