
११ जेठ,
बर्दिया : बर्दियाको राजापुर नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक/शिक्षिका, लगाएत राजनीति गर्ने कर्मचारीलाई राजिनामा दिने निर्णय गरेको छ।
मंगलबार नगरपालिकाले एक सूचना विज्ञप्ति जारी गर्दै विभिन्न राजनैतिक दलमा संग्लन रहेर सक्रिय रुमपा राजनीति गर्ने सम्पूर्ण कार्यरत शिक्षक तथा कर्मचारीलाई उल्लेखित पदबाट राजिनामा दिन आग्रह गरेको छ।



राजनीति गर्ने शिक्षक तथा कर्मचारीका कारण विद्यालयको पठनपाठनमा प्रभावित हुने विज्ञप्तिमा जनाएको छ।
