७ जेठ,
पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले शैक्षिक खर्चको नाममा वर्षेनी अर्बौ रुपैयाँ बाहिरिने परिपाटी रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

गत वर्ष शिक्षाको नाममा २१ अर्ब रुपैयाँ बाहिरिएको थियो । यो वर्ष त्यो अझ बढेर करिब २४ अर्ब पुगेको रहेछ । यसरी शिक्षाको नामा नै वर्षेनी अर्बौ अर्ब रुपैयाँ कसरी रोक्न सकिन्छ ? यतातर्फ पनि सरकारको स्पष्ट नीति आउनुपर्ने देखिन्छ । यसले पनि विदेशी मुद्रा सञ्चितिमा समस्या पारिरहेको छ भन्ने मलाई लाग्छ’ पुनले भने ।

पुन भनछन् “तीव्र आयातले विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएकोमा मात्र चिन्तित बनिरहेका हामीले शिक्षाको नामा वर्षेनी बाहिरिने अर्बौ अर्ब रुपैयाँमा आँखा चिम्लिएको उनले बताए ।”

सोही अवसरमा पुनले निर्याततर्फ नेपालले जलविद्युतबाट फाइदा लिन सक्नेतर्फ जोड दिए । हिउँमा विद्युत कम उत्पादन भएर स्वदेशकै खपत धान्न नसकिने अवस्था रहेपनि वर्षायाममा उत्पादन हुने विद्युत बेच्न सकिने उनले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय