
४ जेठ,
रोल्पा : रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार मान बहादुर डाँगीले स्थानीय तहको चुनाव हारेपछि भोट किनेको रकम फिर्ता मागेका छन्।
वडाध्यक्ष पदका उम्मेदवार डाँगीले चुनाव अघि मत खरिदका लागि स्थानीय मतदातालाई पैसा बाँडेका थिए। अहिले गाउँ–गाउँमा पुगेर आफूले दिएको रकम फिर्ता दिन दबाब दिईरहेको स्थानीय तुलाराम वलीले बताएका छन्। उनले आफैँ सहयोगीमार्फत् गाउँ–टाेलमा पुगेर पैसा फिर्ताको लागि स्थानीयमाथि दबाब दिएको बताए।



स्थानीय वलीका अनुसार आफूलाई जवर्जस्ती पैसा दिएर अहिले फिर्ता मागिरहेको बताउँछन्। ‘हारेपछि पैसा खायो भनेर बदनाम गरे। मैले त्याेबेला पैसा लिएँ। माओवादीलाई भोट हालिनँ, ‘उनले भने, कति स्थानीयले त्यो पैसा फिर्ता दिइसके र कतिपय दिने चरणमा छन्’
वली भनछन् “माओवादी कार्यकर्ताले स्थानीयहरु सबैलाई पाँच सय-एक हजार रुपैयाँको दरले रकम बाँडेको उनकाे दावी छ।” भोट माग्न सबै उम्मेदवारहरू आए। वडाध्यक्ष पदका उम्मेदवार डाँगीले भोट किन्नलाई होइन, चियापानी खानु भनेर दिएको रकम हो, सथानीयहरु भने, एक कार्यकाल स्थानीय सत्ता चलाएको माओवादी केन्द्र यो निर्वाचनमा कांग्रेससँग पराजित भएको छ। ब्रेअकलिंक बाट