२ जेठ,
सल्यान : सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ७ मा वडा अध्यक्षसहित एमालेको सम्पूर्ण टिम नै भारी मतले विजयी भएको छ ।

एमालेको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार मित्रलाल सुनारले ५ सय २६ मत प्राप्त गरेर विजयी भएका छन् । नेपाली काँग्रेसका नैनसिंह रानाले ४ सय ६ मत प्राप्त गर्दै पराजित भएका हुन्।

त्यसैगरी माओवादी र समाजवादी गठबन्धनको ३ सय १२ मत खसेको थियो ।

२०७४ सालको स्थानीय निर्वाचनमा बहुमत सहितको सरकार बनाएको नेपाली काँग्रेस अहिलेको निर्वाचनमा निकै कमजोर देखिएको छ । नेपाली काँग्रेसको निकै बलियो मानिएको ७ नम्बर वडामा नेकपा एमालेले कब्जा जमाएको छ । नेपाली काँग्रेसका उम्मेदवार नैनसिंह राना संग ४०६ मतले पछि पार्दै बिजयी हासिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय