भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदैछन्। मोदी आज बिहान एघार बजे लुम्बिनी आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

हेलिकप्टरबाट झरेपछि उनी मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ। मोदी लुम्बिनी भ्रमणमा आउने भएपछि हाल त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।

लुम्बिनीमा मोदीसँग भेटवार्ता र बुद्ध जयन्ती समारोह सम्बोधनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ नै भैरहवा पुगेका छन्। उनीसँगै संघीय सरकारका एक दर्जन मन्त्री पनि छन् ।

लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, पराराष्ट्रमन्त्री नारायण खड्का, भौतिक पूर्वाधारमन्त्री रेनुकुमारी यादव, पर्यटनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मुख्यसचिव शंकर बैरागीलगायत उच्च पदस्थ व्यक्ति आइपुगेका हुन्। प्रधानमन्त्री देउवाले सोमबार बिहान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने कार्यक्रम छ।

यस्तै लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाखौं भारतीयजस्तै आफू पनि भगवान् बुद्धको पवित्र जन्मस्थल तथा मायादेवी मन्दिरमा पूजाअर्चना गर्न उत्सुक रहेको जनाएका छन्। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय